You are here: Home » Notices » वन्यजन्तुबाट भएको क्षतिको दोश्रो पटक राहत वितरण सम्बन्धी जारी प्रेस विज्ञप्ती

Notices | वन्यजन्तुबाट भएको क्षतिको दोश्रो पटक राहत वितरण सम्बन्धी जारी प्रेस विज्ञप्ती

वन्यजन्तुबाट भएको क्षतिको दोश्रो पटक राहत वितरण सम्बन्धी जारी प्रेस विज्ञप्ती - 2018-04-08

२०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र, २०५८ सालमा शिवपुरी राष्ट्रिय निकुञ्ज र २०६५ सालमा नागार्जुन वन क्षेत्र पनि समावेश गरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रुपमा संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यो निकुञ्ज शिवपुरी क्षेत्रको १४४ वर्ग किमि र नागार्जुन क्षेत्रको १५ वर्ग किमि गरी जम्मा १५९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ । २०७२ चैत्र १५ गते घोषणा भएको यस निकुञ्जको मध्यवर्ती क्षेत्र काठमाडौं जिल्लाका शंकरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, धादिङ जिल्लाको धुनीवेशी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी र ककनी गरी दुई गाउँपालिकाको कूल ११८.६१ वर्गकिमि क्षेत्रफलमा फैलिएको छ । 

यस निकुञ्ज क्षेत्रबाट काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले मात्रै दैनिक तीन करोड लिटर भन्दा बढी खानेपानी सङ्कलन गरी उपत्यकामा वितरण गर्दै आएको छ । यस्तै स्थानीय खानेपानी उपभोक्ता समितिहरुले खानेपानी सङ्कलन गर्ने पानीको मुख्य स्रोत हो । यसरी काठमाडौ उपत्यकाका ५० प्रतिशत र मध्यवर्ती क्षेत्रका सबै जनताको खानेपानीको स्रोत, पवित्र वाग्मती र विष्णुमती नदीको जलाधार क्षेत्र, वायू प्रदुषणलाई न्यूनीकरण गरी काठमाडौँको वातावरणीय सन्तुलन कायम गर्नु, मध्य पहाडी भूभागको जैविक विविधताको संरक्षण यस राष्ट्रिय निकुञ्जका मुख्य उपादेहता हुन् ।

विगत ४२ वर्षदेखि जलाधार क्षेत्र संरक्षण गर्नका लागि स्थापित यस राष्ट्रिय निकुञ्ज क्षेत्रको वनको संरक्षणमा उल्लेख्य प्रगति हुँदै गएपछि क्रमशः वन्यजन्तुको संख्यामा बढोत्तरी हुँदै गयो । वन्यजन्तुको संख्या वढ्दै जाँदा स्थानीय बस्तीमा वन्यजन्तु प्रवेश गरी वालीनाली, फलफूल, भण्डारण गरेको अन्नपात, पशुधन र मानवीय क्षति समेत हुँदै आएको छ । पछिल्ला वर्षहरुमा स्थानीय बासिन्दा र वन्यजन्तु बीचको द्वन्द बढ्दै गइरहेको छ । 

द्वन्दलाई न्यूनीकरण गर्नका लागि नेपाल सरकारले मिति २०६९ माघ १८ गते वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका, २०६९ स्वीकृत गरी देशभर लागू गरेको छ । तर यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाले हालसम्म पनि उक्त निर्देशिका अनुसार राहत पाउन सकेका थिएनन् । तर मध्यवर्ती क्षेत्र घोषणा भए पश्चात मध्यवर्ती क्षेत्र उपभोक्ता समूह र समिति गठन गरी वन्यजन्तुबाट हुने क्षतिको बारेमा जानकारी प्रदान गरी निर्देशिकाले निर्दिष्ट गरेका प्रकृया अपनाई यस निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीय उपभोक्ता कृषकले इतिहासमै पहिलो पटक २०७४ कार्तिक २५ देखि विभिन्न मितिमा २४ जना स्थानीय उपभोक्ताहरुलाई पशुधन र अन्नवालीको क्षति वापत स्वरुप रु. २,०७,५००÷ मा राहत वितरण गरियो । यसै गरी दोश्रो पटक २०७४ चैत्र १३ देखि १७ गतेसम्म १०० जना स्थानीय उपभोक्ताहरुलाई पशुधन र अन्नवालीको क्षतिवापत रु. ७,५६,८००÷ राहत वितरण गरियो । 

यसका साथै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका, २०७३ मा रहेको प्रावधान अनुसार यस निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा पाइने सबै जनावरले पु¥याएको क्षति वापतको रातह उपलब्ध गराउने प्रावधान गरिएको छ । निकुञ्जले आम्दानि गरेको राजश्वको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २५क. बमोजिम प्राप्त हुने ३०–५० प्रतिशत रकम मध्ये मध्यवर्ती क्षेत्रको संरक्षण, विकासका साथै सबैभन्दा धेरै अर्थात २५ प्रतिशत रकम मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा क्षति राहतमा उपलब्ध गराउने व्यवस्था रहेको छ । 

उक्त निर्देशिका अनुसार यस निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाँदर, दुम्सी, रतुवा, स्याल, चरा चुरुङ्गी लगायतका कुनै पनि जनावरले क्षति पु¥याएमा राहत उपलब्ध गराइने समेत व्यवस्था रहेको छ । तत् पश्चात किसानहरुले निर्वाध रुपमा वालीनाली लगाउने र वन्यजन्तु र निकुञ्ज प्रति स्थानीय बासिन्दाको सकरात्मक धारणाको विकास हुन जाने अपेक्षा गरीएको छ । 

निकुञ्ज र स्थानीय समुदायको सम्बन्ध सुमधुर हुँदै गए पश्चात वाग्मती नदीको जलाधार क्षेत्र, खानेपानीको स्रोत र जैविक विविधताको समुचित संरक्षण तथा काठमाडौ उपत्यकाको वातावरण सन्तुलनमा उल्लेख मात्रामा सुधार हुनजाने हुँदा यसबाट स्थानीय कृषि उत्पादनमा समेत बृद्धि भई देशको कृषिको विकासमा समेत टेवा पुग्नजाने व्यहोरा सबैमा हार्दिक अपिल गर्दछु । 

कमलजङ्ग कुँवर 

प्रमुख संरक्षण अधिकृत