दृष्टिकोण (Vision) : जैविक विविधताको संरक्षण, महत्वपूर्ण जलाधार क्षेत्रको दिगो व्यवस्थापन तथा प्रकृतिमा आधारित दिगो पर्यटन प्रवर्द्धनमार्फत वर्तमान तथा भावी पुस्ताका लागि उत्कृष्ट संरक्षित क्षेत्रको रूपमा स्थापित हुने। उद्देश्य (Mission) : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका जैविक विविधता, वन्यजन्तु, प्राकृतिक सम्पदा तथा जलाधार क्षेत्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्दै वैज्ञानिक अनुसन्धान, स्थानीय समुदायको सहभागिता, वातावरणीय शिक्षा तथा दिगो पर्यापर्यटनको प्रवर्द्धन गर्नु। लक्ष्य (Goal) : शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको पारिस्थितिकीय अखण्डता संरक्षण गर्दै जैविक विविधताको दीर्घकालीन संरक्षण, जलाधार व्यवस्थापन सुदृढीकरण, जिम्मेवार पर्यटन प्रवर्द्धन, वैज्ञानिक अनुसन्धानको प्रोत्साहन तथा मानव र प्रकृतिबीचको सहअस्तित्वलाई सुदृढ बनाउनु।